सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

३० साउन ७५, बुधबार
Share this
745shares

काबुल, साउन ३०
अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ ।
बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए ।

Advertisement

अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । यस आक्रमणमा ३५ सैनिक र १० अफगान स्थानीय प्रहरी मारिएका सुरक्षा अधिकारीहरुद्वारा जारी प्रतिवेदनमा जनाइएको छ ।

आक्रमणमा पाँच सैनिक घाइते भएका र अन्य ८ जना अफगान प्रहरी हराइरहेका छन् । तालिबानले ठूलो संख्यामा सैनिक सवारी साधन, हातहतियार र विस्फोटक पदार्थ कब्जा गरेका छन् । यस हप्तामा उत्तरी अफगानिस्तानका सुरक्षा अधिकारीमाथि भएको यो दोस्रो ठूलो तालिबान आक्रमण हो ।

Advertisement

गत सोमबार मात्र फर्याब प्रान्तमा रहेको एक सैन्य शिविरमा भएको तालिबानी आक्रमणमा १७ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका थिए । पाँच सैनिकलाई तालिबानले कब्जासमेत गरेका थिए ।
रासस÷एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top