रुसी बमबारी युद्ध अपराध सरहः युक्रेनी राष्ट्रपति

१७ फागुन ७८, मंगलबार
Share this
804shares

१७ फागुन, बीबीसी ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले खार्किभमा गरेको बमबारी युद्ध अपराध सरह भएको बताएका छन्।

Advertisement

अबेर राति भिडिओ सम्बोधनका क्रममा उनले युक्रेनको दोस्रो ठूलो शहरमा जानाजान सर्वसाधारणलाई निशाना बनाइएको प्रत्यक्षदर्शीहरूले देखेको बताए।

आन्तरिक मामिला मन्त्रालयका अनुसार रुसी बमबारीबाट कैयौँ मानिसले ज्यान गुमाएका छन्।

Advertisement

राष्ट्रपति जेलेन्स्कीले रुसी विमानका लागि युक्रेनको पूरै आकाश प्रतिबन्धित हुनुपर्नेमा जोड दिएका छन्।

उनले भनेः क्षेप्यास्त्र र तोप बोकेका दुष्टहरूलाई तत्काल रोक्नैपर्छ, आर्थिक रूपमा उनीहरूलाई ध्वस्त पार्नैपर्छ।

Advertisement

रुसी उत्पादनहरू बहिष्कार गर्न पनि उनले अपील गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top