×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वीरेन्द्रनगरमा कर्फ्यू, गोलीसमेत हान्न सक्ने

१७ फाल्गुन २०७८

१७ फागुन, वीरेन्द्रनगर ।
लामो समयको विवादपछि प्रतिनिधीसभाबाट आइतबार अनुमोदन भएको अमेरिकी सहयोग सम्झौता एमसीसीको असर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा परेको छ ।

एमसीसी सम्झौता पारित गरेको विरोधमा जारी प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन त्याहा कर्फ्यू आदेश जारी गरिएको छ । सोमबार राति आठ बजेदेखि मंगलबार साँझ साढे सात बजेसम्म कर्फ्यू आदेश जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।

Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारी रिजालले कर्फ्यू आदेश उल्लङ्घन गर्नेलाई गोलीसमेत हान्न सकिने आदेश जारी गरिएको बताएका छन् । प्रहरीले २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् । ढंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाए थिए । उनीहरुले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् । मंगलबार बिहानैदेखि वीरेन्द्रनगरमा व्यापक प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

प्रहरीले सडकमा ननिस्कन आग्रह गरेको छ । सोमबार दिनभर नेपाल बन्दको दिन वीरेन्द्रनगरको अवस्था तनावग्रस्त थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए । बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो ।

प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरका मुख्य चोकहरूमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले बेलुका पाँच बजेपछि आन्दोलन साम्य हुने अपेक्षा गरेको थियो । तर साँझ बन्दकर्ताहरू झन् उग्र बन्द गर्दै ढुंगामुढा बर्साउँदै बजार परिक्रमा गरेका थिए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार बन्दकर्ताहरूले अहिले पनि लुकिछिपी प्रहरीमाथि ढुङ्गा हान्ने क्रम जारी रहेको छ । सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top