×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसमा प्रतिबन्धहरुका कारण खेल क्षेत्र पनि प्रभावित, रुसको आउँदो विश्वकप यात्रा अनिश्चित

१८ फाल्गुन २०७८

१८ फागुन, एजेन्सी । युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा प्रतिबन्धहरुको कारण खेल क्षेत्रमा पनि समस्या देखिन थालेको छ ।

पश्चिमा देशहरुले अन्य आर्थिक प्रतिबन्धसँगै खेल क्षेत्रमा पनि प्रतिबन्धहरु बढाउँदै लगेपछि रुसी खेल क्षेत्र समस्यामा पर्न थालेको हो ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय कम्पनीहरुले रुसी खेलका संघसंस्था तथा विभिन्न क्लबहरुसँगको साझेदारी तोडेका छन् भने खेल सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले पनि प्रतिबन्ध लगाउन थालेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् ।
यो प्रतिबन्धका कारण रुसको आउँदो विश्वकप फुटबल यात्रा अनिश्चित बनेको छ ।

फिफाको निलम्बन परेकाले रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ ।

पोल्याण्डले यूक्रेनी नागरिकसँग ऐक्यबद्धता जनाउँदै यस अघि नै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ ।

त्यस्तै रुसको महिला टोलीले समरमा हुने युरोकप–२०२२ को प्रतियोगिता गुमाउने छ । यस्तै रुसी क्लब स्पार्टक मस्कोले युरोपा लिग खेल्न पाउने छैन ।

यूएईएफले रसियाको इनर्जी जोइन्ट जाजप्रोमसँगको स्पोन्सर सम्झौता समेत रद्द गरेको छ ।

खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरु निलम्बनमा पर्नु, खेल क्षेत्रमा भइरहेको साझेदारी टुट्नु, प्रतियोगिताहरुमा सामेल हुन नपाउनु र देशभित्रै नियमित प्रशिक्षणमा समस्या लगायतका कारण रुसी खेल क्षेत्रमा समस्या बढीरहेको हो ।

युद्ध लम्बिदै गएमा नजिकिएका महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गुमाउनुको साथै रुसी खेल क्षेत्रमा यसको असर धेरै लामो समय पर्नेछ ।

Advertisement

फिफा र यूईएफले निकालेको संयुक्त विज्ञप्तिमा फुटबल एकता र भाइचराको खेल रहेको भन्दै आफूहरु युक्रेनी नागरिकको साथमा एकताबद्ध भएको र चाँडै अवस्था सुधार भइ शान्तिको महसुस पाउने आशा रहेको बताएका छन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top