×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आजदेखि बस्ने

२० फाल्गुन २०७८

२० फागुन, काठमाडौँ । गएको पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्नेछ ।

Advertisement
Advertisement

आजका लागि न्याय परिषद्को सिफारिसमा परेका न्यायाधीशमध्येबाट कार्कीले इजलास गठन गर्नुहुनेछ । यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अरू चार जना न्यायाधीश रहने व्यवस्था संविधानमा छ ।

अहिलेका सर्वोच्चका न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको नाम न्याय परिषद्ले संवैधानिक इजलासका लागि सिफारिस गरेको छ ।

संविधानले सङ्घीय इकाइहरूबीचको विवाद, प्रदेश सभा र सङ्घीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र चुनावसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने अधिकार यो इजलासलाई छ । यो इजलास बस्न नसक्दा धेरै मुद्दा सुनुवाइ हुन सकेका छैनन् ।

अहिले सर्वोच्चको संवैधानिक इजलासमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गरिएका मुद्दा, मधेस प्रदेशले सङ्घीय सरकारविरुद्ध दायर गरेका प्रादेशिक अधिकारसम्बन्धी मुद्दा, वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्धको मुद्दा, प्रतिनिधि सभा चुनावसम्बन्धी विवादलगायतका मुुद्दा छन् ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top