एमालेले अवरोध गरिरहे यो संसद किन चलाइरहने भन्ने प्रश्न उठ्छः गगन थापा

२१ फागुन ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा चल्न नसकेको अवस्थामा आम निर्वाचन चाँडै हुनसक्ने बताएका छन्।

उनले एमालेले प्रतिनिधिसभालाई अवरोध गरिरहे यो संसदको औचित्य नरहने र किन चलाइरहने भन्ने प्रश्न उठ्ने बताए।

‘हामीले पटक–पटक कुरा गरेका छौं, संवाद गरेका छौं, तर आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा अगाडि हुन्छ भन्ने कुरा संसद चल्ने नचल्ने अवस्थाले निर्धारण गर्छ,’ निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै शनिबार थापाले भने, ‘एमालेले अवरोध गरिरह्यो भने यो संसद किन चलाइरहने भन्ने प्रश्न उठ्छ। त्यो अवस्थामा मंसिरअगाडि पनि चुनाव हुन सक्छ।’

Advertisement

तर, स्थानीय तहको निर्वाचन भने वैशाख ३० मै हुने थापाले बताए। ‘व्यक्तिगत रूपमा कसैले केही भनेको सुन्छु। प्रतिनिधिसभा सदस्यको हिसाबले संविधान निर्माणमा सहभागीको हिसाबले भन्नुपर्छ स्थानीय चुनाव एक दिन पनि सार्ने छुट हामीलाई छैन,’ उनले भने.

थापाले स्थानीय तहको निर्वाचनमा शानदार ढंगले पार्टीले जित हासिल गर्ने दाबी गरे।

Advertisement

‘चुनाव जितेपछि के गर्ने भन्नेबारेमा हामी चुकेका छौं। त्यो गल्तीलाई सुधार्ने हो। सपना ल्याएर थुपार्ने, राजनीतिक र निजामती कर्मचारीबीचमा सधैं टकराव हुने स्थिति अब हुन्न,’ उनले भने।

२०७४ सालको निर्वाचनपछि चुनाव हारेको कांग्रेसले पाँच वर्ष स्थिरताको लाभ आम नागरिकले पाउनुपर्छ भनी कम्युनिष्ट पार्टीहरूलाई जिम्मा दिएको बताए।

‘यो बीचमा सरकार बदलियोस्, प्रदेश सरकार बदलियोस् हामी चाहँदै चाहँदैन थियौं। उसले जिम्मा पूरा गर्न सकेन। आफ्नै घरमा आगो लगाएर कोही खरानी धसेर बाहिर आए, कोहीले हामी जित्यौं भनेर खरानीको थुप्रोमा बसे,’ उनले भने, ‘त्यसपछि सम्हाल्न हामी आउनुपरेको हो।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top