रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको मृत्यु

रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको मृत्यु

३० फागुन, रामेछाप । रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको ज्यान गएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वर बस्ने १८ वर्षकी मिनकुमारी मगरको ज्यान गएको प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिए ।

उनका अनुसार अस्ति दिउँसो मगर गोठमा एक्लै रहेका बेला आगलागी भएको थियो । आमा चन्द्रकुमारी मगर बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएका बेला गोठमा आगो सल्किएको डीएसपी राजकुमार थिङले जानकारी दिए ।

ज्यान गुमाएकी मगर हिँडडुल गर्न र बोल्नसमेत नसक्ने थिए । आगलागीबाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.