×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको गायक सपुतको प्रस्टोक्ति

३० फाल्गुन २०७८

३० फागुन, काठमाडौँ । युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन् ।

भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । अनलाइनखबरसँग उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ ।’

Advertisement

माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको उनले बताए । ‘यी कुराहरु मिडियामै भनिएका र समीक्षा गरिएका कुरा हुन्,’ उनले भने ।

तर उनले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गरे । ‘केही बढी कोट्याइएको एउटा दृश्य छ । त्यसलाई प्रतीकात्मक रुपमा राखिएको हो । कसैको आत्मसम्मानमा ठोस पुग्न सक्ने महसुस गरेको छु । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।

गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गलत बुझेको हो कि तपाईंहरुले, समीक्षा गर्दैछु,’ उनले भने । साथै, राजनीतिक पूर्वाग्रह राखेर गीत निकालेको भन्ने आरोपको पनि उनले खण्डन गरे ।

माओवादी वृत्तबाट आलोचना

गायक प्रकाश सपुतको उक्त गीतबाट सबैभन्दा बढी सत्तारुढ नेकपा माओवादी केन्द्र चिढिएको छ । धेरैजसो माओवादी कार्यकर्ता गीतविरुद्ध खनिएका छन् ।

माओवादी केन्द्र सम्बद्ध चार भातृ संगठनले आइतबार बेलुका संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई तत्काल युट्युबबाट हटाउनुपर्ने अडान कायमै राखेका छन् । सोमबार धनगढी पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ‘पीर’ गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुनपर्ने बताएका छन् ।

मुख्यतः माओवादी नेताहरुले गीतभन्दा पनि त्यहाँ समावेश गरिएको पूर्वछापामार महिला देहव्यापारमा संलग्न भएको दृश्यप्रति आपत्ति जनाइएको छ । पूर्वमाओवादी लडाकुको अपमान भएको आरोप उनीहरुले लगाएका छन् ।

चुनावको मुखमा माओवादीविरुद्ध षड्यन्त्र भएको आरोप समेत उनीहरुले गायक सपुतविरुद्ध लगाएका छन् ।

Advertisement

सपुतको संगीत र स्वर रहेको ‘पीर’ गीतलाई यो समाचार तयार पार्दासम्म ३७ लाखभन्दा बढी पटक हेरिएको छ भने युट्युब ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top