सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो

३० फागुन, काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.