Nepal Times
Nepal Times
3
Shares

पल शाहविरुद्धको अनुसन्धान सकेर तनहुँ प्रहरीले बुझायो सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन

पल शाहविरुद्धको अनुसन्धान सकेर तनहुँ प्रहरीले बुझायो सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन

७ चैत्र, तनहुँ ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिकाले शाहले बलात्कार गरेको उजुरी दिएकी थिइन् । उजुरीपछि १५ फागुनमा शाह तनहुँ प्रहरीमा उपस्थित भएका थिए । २१ दिनपछि प्रहरीले उनीमाथिको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेस गरेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।

यसअघि शाहविरुद्धको अनुसन्धान नवलपरासी प्रहरीले पनि सकेर सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । उक्त मुद्दा अदालत पुगिसकेको छ । सरकारी वकिलको कार्यालय तनहुँले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पछि अदालत पेस गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.