आपबाट पूर्वक्रिकेटर हरभजन सिंह राज्यसभाको उम्मेदवार

६ चैत ७८, सोमबार

७ चैत्र, एजेन्सी ।
भारतका पूर्वक्रिकेटर हरभजन सिंह राजनीतिमा आउने भएका छन् ।

सिंहलाई आम आदमी पार्टी (आप) ले राज्यसभाको उम्मेदवार बनाएको छ। सोमबार उनले पन्जाबबाट राज्यसभाको लागि आपबाट उम्मेदवारी दिएका हुन्। ‘क्रिकेटर हरभजन सिंहले पन्जाबबाट राज्यसभाको लागि उम्मेदवारी दिएका छन्,’ आपको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘बलिङ लेजेन्ड भएर भारतलाई गर्व गराएपछि अब मिस्टर टर्बनेटरले आफ्नो आवाज संसदमा पन्जाबको जनताका लागि उठाउनेछन्।’

उनीसँगै दिल्लीका विधायक राघव चढ्दा र आइआइटी दिल्लीका प्रफेसर डा. सन्दीप पाठकलाई आपले राज्य सभा चुनावको लागि उम्मेदवार बनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। राज्य सभाको चुनाव मार्च ३१ मा हुँदैछ। गत हप्तामात्रै आपले पन्जाबमा आफ्नो सरकार बनाएको छ।

Advertisement

पन्जाबमा आपले ११७ मध्ये ९२ सिट जितेपछि हरभजन सिंहले ट्विट गर्दै मुख्यमन्त्री बनेका भगवन्त मान सिंहलाई बधाई समेत दिएका थिए।

उनीहरूबाहेक कृष्ण प्राण ब्रेस्ट क्यान्सर केयर च्यारिटेबल ट्रस्टका संस्थापक संजीब अरोडा र लभ्ली प्रोफेसनल युनिभर्सिटीका च्यान्सलर अशोक मित्तललाई पनि उम्मेदवारी दिएका छन्।

Advertisement

मार्च ३१ मा १३ वटा राज्य सभा सिटको लागि चुनाव हुन लागेको हो। जसमध्ये पन्जाबका सासंदहरूले पाँच सासंदको लागि मत दिन लागेका हुन्।

बाँकी तीन सिट केरला, दुई असम र हिमालञ्चल प्रदेश, नागाल्यान्ड र त्रिपुराबाट एक–एक सिटको लागि चुनाव हुँदैछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top