केशलियामा बेपत्ता बालकको शव भेटियो

३१ साउन ७५, बिहीबार
Share this
721shares

विराटनगर,साउन ३१
गत मंगलबार दिउँसो केशलिया खोलामा डुबेर बेपत्ता भएका विराटनगर–१ का १६ बर्षिय बालक सजेश रौनियारको शव भेटिएको छ । मृतक रौनियारको शव खोलामा नुहाउन पसेको स्थानभन्दा १ किलोमिटर दक्षिणतर्फ खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।

Advertisement

स्थानीयबासीले खबर गरेपछि पुगेको सशस्त्र प्रहरीको टोलीले खोलाबाट शव निकालेको छ । विराटनगर–६ स्थित डम्पिङ साइट पश्चिम र बर्जु गाउँपालिकाको वडानम्बर २ भीमपुरको सिमानामा शव भेटिएको हो ।

विराटनगर ४ स्थित केशलिया खोला पुलको २ सय मिटर उत्तरतर्फ खोलामा नुहाउने क्रममा रौनियार बेपत्ता भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top