नेपाल प्रहरीका २५ डीएसपीको सरुवा

८ चैत ७८, बुधबार

९ चैत्र, विराटनगर ।
नेपाल प्रहरीका २५ डीएसपीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो। बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर सरुवा गरिएको छ। कवित कटवाल अख्तियारमा, कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ, गोविन्दराज काफ्ले धनकुटा, तिलक भारती म्याग्दी, प्रकाश डाँगी रुकुम पूर्व, प्रतीक बिष्ट दार्चुला, प्रेमसागर केसी मनाङ सरुवा भएका छन्।

यस्तै रुकुम पश्चिममा विष्णुप्रसाद सोती, सन्तोष निरौला जाजरकोट, सुकदेव खनाल ओखलढुंगा, सुनिलजंग शाह सोलुखुम्बु र सुरज कार्की सुर्खेत सरुवा भएका छन्।

Advertisement

यस्तै गणेश बहादुर श्रेष्ठ प्रहरी प्रधान कार्यालय, जेसी साह कपिलवस्तु, धर्मराज भण्डारी सुर्खेत, ध्रुवकुमार श्रेष्ठ सशस्त्र प्रहरी गण नं २ महाराजगन्ज, बाल नरसिंह राणा ट्राफिक प्रहरी कार्यालय, धु्रवकुमार थापा र सुवास खड्का बागमती प्रदेश प्रहरी कार्यालय, मनोहर प्रसाद भट्ट बाँके, रामप्रसाद घर्तीमगर सुर्खेत, श्यामकुमार राई गण्डकी प्रदेश प्रहरी कार्यालय र हेरम्ब शर्मा प्रहरी अस्पतालमा सरुवा भएका छन्।

चुनाव नजिकिँदै गएपछि केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top