Nepal Times
Nepal Times
3
Shares

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथोपटक स्थगित

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथोपटक स्थगित

९ चैत, धनुषा । मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

आजका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले निकालेको सूचनामा उल्लेख छ । योसहित प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो ।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गएको फागुन २२ गतेका लागि बोलाइएको बैठक आज दिउँसो एक बजेसम्मका लागि स्थगन गरिएको थियो ।

त्यस्तै फागुन १ गते र १० गते पनि बैठक स्थगित भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.