Nepal Times
Nepal Times
3
Shares

चैत १९ गते विराटनगरस्थित तृष्णा रेष्टुरेन्टमा द एज ब्याण्डको कन्सर्ट

चैत १९ गते विराटनगरस्थित तृष्णा रेष्टुरेन्टमा द एज ब्याण्डको कन्सर्ट

१२ चैत्र, विराटनगर ।
विराटनगरस्थित तृष्णा रेष्टुरेन्टमा द एज ब्याण्डको कन्सर्ट आयोजना हुने भएको छ ।

श्रस्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा आगामी चैत १९ गते शनिवार कन्सर्ट हुन लागेको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्षको अवसर पारेर कन्सर्ट आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

द एज ब्याण्डले विराटनगरमा धेरै वर्षपछि कन्सर्ट आयोजना गर्न लागेको हो । द एज ब्याण्ड नेपालकै चर्चित मध्येको एक ब्याण्ड हो । कन्सर्टमा तीन सयदेखि साढे तीनसय युवा युवतीको सहभागिता रहने कार्यक्रम संयोजक साजिद आलमले जानकारी दिए ।

उनले कन्सर्टको टिकटदर दुई हजार रुपैयाँ तोकिएको र टिकट तृष्णा रेष्टुरेन्टमा उपलब्ध हुने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.