त्रिदेशीय टी–२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै

१५ चैत, काठमाडौँ । त्रिदेशीय टी–२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियो ।

नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो ।

Advertisement

यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो ।

त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल पर्सि पीएनजीसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top