कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीको आवेदन

१५ चैत, सुर्खेत । कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकताभन्दा तीन गुणा बढीले आवेदन दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कर्णालीका १० जिल्लामा ७७१३ म्यादी प्रहरीको माग गरिएकोमा २१ हजार २५४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१६ हजार ८१८ जना पुरुष र ४४३६ जना महिलाले म्यादी प्रहरीका लागि दर्खास्त दिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

Advertisement

उनका अनुसार प्रदेशका १० वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट संकलन गरिएको दर्खास्तअनुसार सुर्खेतमा सबैभन्दा बढी ५ हजार १७२ जनाले आवेदन दिएका छन् । त्यस्तै सबैभन्दा कम हुम्लामा ५२४ जनाले आवेदन दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा १२६१ जना म्यादी प्रहरीको माग गरिएकोमा ५१७२ जनाले आवेदन दिएका छन् । दैलेखमा ८९३ जना माग भएकोमा २६७३ जनाले आवेदन दिएका छन् ।

Advertisement

७८४ जना म्यादी प्रहरीको माग गरिएको जाजरकोटमा २०५६ जनाले आवेदन दिएका छन् भने रुकुम पश्चिममा ६७७ जना माग गरिएकोमा २०१० जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, सल्यानमा १०७३ म्यादी प्रहरीको माग गरिएकोमा ३४०८ जनाले आवेदन दिएका छन् । कालीकोटमा ८०४ जना माग गरिएकोमा १ ३४२ जनाले आवेदन दिएका छन् ।

७६८ म्यादी प्रहरीमा माग गरिएको जुम्लामा २२८५ जनाले आवेदन दिएका छन् । त्यस्तै ४६९ माग गरिएकोमा मुगुमा १०३७ जनाले आवेदन दिएका छन् ।

डोल्पामा ५६८ जनाको माग भएकोमा ७४७ जनाले आवेदन दिएका छन् । ४१६ जना माग गरिएको हुम्लामा ५२४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top