×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

म मेयरका लागि योग्यभित्र पनि सर्वोत्कृष्ट हुँः बाबुराम कार्की–नेकपा(एमाले)

१७ चैत्र २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै विराटनगरमा आगामी कार्यकालको मेयर को होला भन्ने चर्चाको विषय बनेको छ । दलहरु चुनावी घोषणापत्र, उम्मेदवार छनौटको मापदण्ड लगायतको आन्तरिक तयारीमा जुटेका छन् भने उम्मेदवारका आकांक्षीहरुले टिकटका लागि दौडधूप तीब्र बनाएका छन् । हरेक पार्टीमा महानगरको मेयर बन्न आकांक्षा राख्नेहरुको लाइन लामो छ । नेकपा (एमाले) मोरङका उपाध्यक्ष बाबुराम कार्कीले पनि विराटनगर महानगरमा मेयर पदका लागि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका कार्की यसपटक विराटनगर महानगरको मेयर पदमा उम्मेदवार बन्नका लागि नेकपा (एमाले) को तर्फबाट टिकट पाउनेमा आफु विस्वस्त रहेको बताएका छन् । प्रस्तुत छ यसै सेरोफेरोमा नेपाल टाईम्सका किशोर विश्वकर्माले कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश ।

विराटनगरको मेयर पद्मा लड्ने तपाईले आकांक्षा राख्नु भएको हो ?

Advertisement

म विगत ३५ वर्षदेखि तत्कालीन नेकपा (माले) हुँदै एमाले बनेको पार्टी त्यसपछि बनेको नेकपा र अहिलेसम्मको एमाले भित्र संगठित भएर काम गरेको आधारबाट मलाई के लाग्छ भने यस पटकको स्थानीयतहको निर्वाचनमा मेरो आकांक्षा भन्दा पनि परिस्थिीले मेरो उम्मेदवारी माग्यो भने, परिस्थितिले मेरो उम्मेदवारीको पार्टीले आवश्यकता महशुस ग¥यो भने मेरो अनुभव, मेरो समर्पण, मेरो त्याग, मेरो निरन्तरता र राजनीतिक बैचारिक हिसाबले मैले जे जति पार्टीबाट आर्जन गरेको मसँग कौशलता छ, त्यो कौशतलालाई पार्टीले प्रयोग गर्न चाहेको म पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न तयार छु । त्यसका निमित्त म आफुलाई सर्वोत्कृष्ट त भन्दिन, म भन्दा योग्य कोही छैन त भन्न चाहन्न । तर, म अरु जत्तिकै योग्य छु भन्ने कुराचाहीँ हो । म बडो विश्वास र दावाका साथ भन्न सक्दछु । मैले यो ३५ वर्षको अन्तरालमा आफूलाई जसरी राजनीतिमा समर्पित ढंगले काम गरेको छु, जसरी सेवा दिएको छु, जसरी पार्टी संगठन निर्माणमा आफूलाई इमान्दारीतापूर्वक लगाएको छु, त्यहिनै मेरो सवैभन्दा ठूलो सम्पत्ति हो । त्यो माथि उभिएर मैले आफूलाई हेर्दाखेरी के लाग्छ भने, म यसपटकको स्थानीयतहको निर्वाचनमा विराटनगरको मेयरको उम्मेदवार बन्न पार्टीले दिएको खण्डमा म खरो रुपमा उत्रन सक्छु । विश्वासका साथ जित्न सक्छु । मसँग थुप्रै योजनाहरु छन् । विराटनगर महानगरसँग जोडिएको पनि मान्छे हुँ । विराटनगरमै बसेको र राजनीतिसँग जोडिएको कारणले गर्दा धेरै कुराको अनुभव पनि छ, धेरै कुरा मैले देखेको पनि छु । त्यस कारणले पनि म आफूलाई योग्य ठान्दछु । त्यसैले मेरो दावी प्रस्तुत गर्न चाहन्छु । खास गरेर म विराटनगरमा हिजो संक्रमणकालीन अवस्थामा जनप्रतिनिधिविहिन हुँदा म नेकपा (एमाले) को तर्फबाट पाँच वर्ष राजनीतिक संयन्त्रमा बसेर काम गरेँ । मैले त्यो संयन्त्रमा हाम्रो पार्टीलाई स्थापित गर्ने काम उत्कृष्ट ढंगले गरेको छु । मैले गरेका कामहरु, मेरो कारण र भूमिकाबाट थुप्रै कुराहरु तत्कालिन अवस्थामा निर्णय र कामहरु भएका छन् । आज बनेका विराटनगरका बाटाघाटा २०५६ सालमा तत्कालिन मेयर रमेशचन्द्र पौडेलले खाका कोर्नु भएको हो । तर, त्यो लागू गराउने कुरामा म संयन्त्रमा गएपछि बैठकमा राखेर तत्कालिन कार्यकारी अधिकृत गोपाल रेग्मीलाई मैलेनै आग्रह गरेँ र त्यसलाई पुनः अनुमोदन गर्दै विराटनगरको आजको जुन बाटोको संरचना बनेको छ । त्यो लागू गर्ने कुरामा मेरो महत्वपूर्ण योगदान छ । मेरै प्रस्तावबाट त्यो योजना लागुू भएको हो । तत्कालीन मेयर रमेशचन्द्र पौडेलको पालामा २०५६ सालमा नीतिगत रुपमा पास गरेपनि लागू हुन सकेको थिएन । तर, म संयन्त्रमा गएपछिनै मैले त्यसलाई स्थापित गर्न सकेँ । यस्ता धेरै कुराहरु छन् ।त्यसैले म के भन्न चाहन्छु भने पार्टीले यसपटकको स्थानीयतह निर्वाचनमा मेयरका लागि योग्य मान्छेहरु छान्दै गर्दा म पनि योग्य छु भन्ने मलाई विश्वास छ । योग्यभित्र पनि सर्वोत्कृष्ट योग्य हुनका निमित्त म आफू काबिल छु भन्ने लाग्छ ।

एमालेबाट तपाईसहित मेयर पदको आकांक्षी धेरै नेताहरु हुनुहुन्छ । पार्टीले तपाईलाईनै टिकट किन दिनुपर्ने?

यतिखेर निर्वाचनको एउटा माहोल सृजना भइसकेको छ । जनताको बहुदलीय जनवाद हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त हो । यो सिद्धान्त अनुसार राजनीतिक प्रतिष्पर्धाबाट उत्कृष्ट हुने हो । प्रतिष्पर्धाबाट प्रथम हुने हो । राजनीतिक प्रतिष्पर्धालाई स्वीकार गरिसकेको पार्टीका अरु थुप्रै साथीहरुले पनि आकांक्षा राख्नु स्वभाविक हुनसक्छ, केही छैन । तर, आकांक्षा राख्दैगर्दा मेरो व्यक्तिगत आकांक्षा भन्दा पनि परिस्थितीले त्यो निर्माण ग¥यो भने, ३५ वर्षको अविछिन्न मेरो निरन्तरतालाई, अनेकन खालका अवसरलाई छोडेर पार्टीलाई जसरी स्वीकार गरेँ, त्यसलाई हेरेर पार्टीले मुल्यांकन गर्दा त्यो योग्यता देख्यो भने म योग्छु भन्ने कुरा यही आधारबाट मैले स्थापित गर्न सक्छु । मैले ३५ वर्षको राजनीतिक अनुभवबाट हेर्दैछु । म सामान्यरुपमा आफ्नो जिन्दगी व्यतित गरिरहेको, पारदर्शी, इमान्दारीताको पृष्ठभूमी रहेको र आम विराटनगरमा बाबुराम कार्की सामान्य मान्छे हो, अहिलेसम्म राजकीय पद प्राप्त गरेको छैन, योग्यताको हिसाबले योग्य पनि छ भन्ने आम जनसमुदायको दिमागमा छ । त्यसको आधारमा अरु साथीहरु भन्दा यसकारण योग्य छु भनेर विश्वासका साथ भन्न सक्छु ।

तपाई उम्मेदवार हुनु भयो अनि मेयर बन्नु भयो भने महानगरको चौतर्फी विकासका लागि के छन् योजना ?

विराटनगरको समग्र विकास निर्माणको हकमा मसँग भएका अनुभवहरु, दृष्टिकोणहरु र कार्ययोजनाहरु पनि छन् ।आजको दिनमा महानगरपालिकाको वर्तमान नेतृत्वले ५ वर्ष बिताउँदै गर्दा थुप्रै पूर्वाधार निर्माण, सामाजिक सेवा, शैक्षिक गुणस्तर, स्वास्थ्य सेवाका निमित्त, मानव सेवाका निमित्त कामहरु गर्नुपथ्र्यो । तर, हामीले अपेक्षा गरेका कामहरु हुनसकेन । आलोचनाको छुट्टै पाटो हुन सक्ला । तर, सोधिएको प्रश्नको सन्दर्भमा आधारभूत विराटनगरमा जम्मा पाँच देखि सात वटा विषयहरुलाई आजको कार्यसूची बनाउनुपर्छ र जो उम्मेदवार भएपनि हाम्रो पार्टीले भोलि घोषणापत्र बनाउँदा अन्तरनिहित आधाभूत विषयवस्तु राख्नुपर्छ । स्वास्थ्य, शिक्षा, यातायात, व्यवस्थापन, आर्थिक उन्नयनका निमित्त यहाँको आभारभूत वर्गलाई कसरी माथि उठाउने, खोला किनारमा बसेका सुकुम्बासीहरुको उचित व्यवस्थापन एकीकृत, वैज्ञानिक, व्यवस्थित र स्वास्थ्य मापदण्डको आधारमा आवास, घर बनाउनुपर्छ भन्ने एउटा सोच छ । निजि स्वास्थ्य संस्थाहरु जनताको सेवाका रुपमा काम गरिरहेका छैनन् त्यसलाई व्यवस्थित बनाइन्छ । मापदण्डको सूचीभित्र राखिन्छ । शिक्षा क्षेत्रमा असाध्यै बजारीकरण छ, व्यापारीकरण छ, यसलाई पनि आधारभूत वर्ग तथा समुदायलाई पनि शिक्षामा पहुँच राख्ने खालको योजना तथा वातावरण बनाउनुपर्छ । त्यसका लागि म लागि पर्नेछु भन्ने मेरो ‘कमिटमेन्ट’ रहन्छ ।

पछिल्लो समय निर्वाचन खर्चिलो र तडक–भडकमय बन्दै गइरहेको छ । तपाई उम्मेदवार हुनुभयो भने कति खर्च गर्नुहुन्छ ?

यो निकै गम्भिर र चुनौतीपूर्ण प्रश्न हो । आजको निर्वाचन कल्पना भन्दा बाहिर महंगिदै गइरहेको अनुमान गर्न सकिन्छ । निर्वाचन प्रणाली पनि त्यस्तै छ । हाम्रो संगती, संस्कृति र राजनीतिक परम्परा पनि त्यस्तै प्रकारको छ । राजनीतिमा बिचलनता छ । पैसाको बिगबिगी छ । तर, यी सवैकुराहरु निर्वाचनका बेला देखिने बिकृतिका बाबजुद हामीले निर्वाचनलाई सकारात्मक रुपमा लिनुपर्छ, ग्रहण गर्नुपर्छ र पैसा नहुने, कम हुनेले पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्छ । जनतालाई अपित गर्नुपर्छ कि हामीले विषय, एजेण्डा, कार्ययोजना, हाम्रा परिणामहरुको आधारमा हामी निर्वाचनमा जान्छौँ र पैसा कम हुनेले पनि निर्वाचनमा जितेर जान सक्छ भन्ने दृष्टान्त प्रस्तुतीहरु यसपटक हामीेले विराटनगरमा गर्नुपर्छ । यो पैसा हुने र नहुने बीचको निर्वाचन होइन यो । इमान्दार र गैर इमान्दारबीचको पनि निर्वाचन हो । भ्रष्ट र इमान्दारको पनि निर्वाचन हो भनेर इमान्दार मान्छेपनि निर्वाचनमा जान पाउनुपर्छ । त्यसका लागि यहाँको बुद्धिजिवि, सचेत नागरिक, जनता, आम श्रमजिवि जनतालाई अपिल गर्नुपर्छ । म सवैलाई अपिल गर्न चाहन्छु कि निर्वाचनमा धेरै खर्च गर्ने भन्दा पनि बिचारहरु, सिद्धान्तहरु, दृष्टिकोणहरु, कार्ययोजनाहरु ल्याउनेहरुलाई जिताएर पठाउनुपर्छ ।

यहाँले टिकट पाउने सम्भावना कत्ति छ ?

म आफै पनि जिल्ला कमिटीको उपाध्यक्ष भइरहँदा मैले पार्टी नेतृत्वसँग आग्रह गर्ने, प्रस्ताव गर्ने, मेरो पार्टी राजनीतिको जिवन पादर्शीपूर्ण पोल्टिकल एकाउन्टिबिलिटीको हिसाबले माग गर्ने कुरा नैसर्गीकरुपमा रहन्छ । र त्यो माग्छु, अनुरोध गर्छु भन्छु । पार्टीले अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सक्ने उम्मेदवार पनि खोज्छ र पार्टीले न्यायोचित ढंगले निर्णय गर्छ भन्ने मलाई पूर्ण विश्वास छ । तर, म पार्टीले तत् अनुसार मुल्यांकन गरेको खण्डमा म खरो उत्रिएर । पार्टीका मुल्य मान्यता र योजनालाई स्थापित गर्न सक्छु भन्नेकुरा मलाई विश्वास छ ।

यहाँले टिकट पाउनु भएन भने ?

पार्टी जिवन भित्रमेरो आग्रह हुनसक्छ । अघिल्लो पटक पनि मलाई उठाउन पार्टीको खास र कोर टिमभित्र छलफल चलाएकै होे । जहाँसम्म अघिल्लो पटक नै पार्टी नेतृत्वले उम्मेदवारका रुपमा संकेत गरेको थियोे । पार्टीले पनि भनेकै हो, नभनेको होइन । तर, अन्ततः पार्टीले मलाई उम्मेदवारी दिएन । हामी सवै एकतावद्ध भएर लाग्यौँ । पार्टी निर्णय पहिलो हुन्छ । आग्रह हुनसक्छ मेरो । मलाई चाहने कार्यकर्ता, जनताले एउटा धारणा बनाएको हुनसक्छ । तर जब पार्टीले निर्णय गर्छ, पार्टीले गरेको निर्णयलाई हामी सवैले स्वभाविकरुपमा स्वीकार गर्नुपर्छ । यति भन्दै गर्दा यी तमाम कुरासँग म योग्य छु, सक्षम छु भन्नेकुरा मलाई पूर्ण विश्वास छ ।

पार्टीभित्र हुने अन्तरघातका कारण निर्वाचन परिणाम विपक्षमा गएको पाइन्छ, त्यसलाई रोक्न के गर्दै हुनुहुन्छ ?

हामीले अन्तरघात, प्रतिघात अघिल्लो चुनावमा भोगि सक्यौँ । त्यसलाई सम्झिएर हामी सचेत छौँ । यसपटक त्यस्तो अवस्था आउँदैन । अब एमालेले त्यस्तो सहन सक्दैन, स्वीकार पनि गर्दैन । हामी इमान्दारीपूर्वक के भन्छौँ भने योग्यतापूर्वक पार्टीले छानेर जसलाई उम्मेदवार बनाउँछ, हाम्रो पार्टीको आधिकारीक उम्मेदवार उही नै हुन्छ, उसैलाई नै हाम्रो पार्टीले एकतावद्ध भएर जिताउँछ । जिताउनुपर्छ । एमालेमा हिजोको अवस्था छैन ।

अहिलेको महानरको नेतृत्वले यो पाँच वर्षमा गरेको कामलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

म ठाडै रुपमा नकारात्मक कुरा भन्न चाहन्छ । तर, अहिले नेपाली कांग्रेसको नेतृत्व महानगरपालिकामा आइसकेपछि जसरी एउटा विकास निर्माण, सामाजिक काम हुनुपथ्र्यो, समुदायको विकास हुनुपथ्र्यो, अव्यवस्थित सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपथ्र्यो, आय आर्जनको काम गर्नुपथ्र्यो त्यो काम हुन सकेन । जसरी परम्परागत ढंगबाट काम ग¥यो, नयाँ अनुभूत हुने काम केही भएन । कतै शौचालय बनेनन्, पार्क बनेनन् । विराटनगर महानगरसँग साढे ४ सय विघा जग्गा छ । तर, त्यो जग्गाको अवस्था कहाँ छ भनेर महानगरपालिकाले पाँच वर्षसम्म खोजेन । यति गर्न सकिन्थ्यो तर भएन । राम्रा र उल्लेखनीय काम हुन सकेन । आम जनताले त्यो कुरा भन्नुहुन्छ । कांग्रेसकै नेता कार्यकर्ताले पनि भनिरहेका छन् ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धन कायम राख्ने चर्चा चलिरहेको छ । पार्टी विभाजित भएको अवस्थामा चुनावी परिणाम आफ्नो पक्षमा पार्ने आधार के छन् ?

Advertisement

आज नेकपा (एमाले) पार्टी जुन हैसियतमा छ, जुन मुकाममा छ, जुन राष्ट्र र देशव्यापी रुपमा जनलहर देखिँदैछ । हामीलाई के शंका छ भने यतिखेर एमाले विभाजन भएको छ, कमजोर भएको छ, पार्टी टुक्रिएको छ, यो पार्टीविरुद्ध बनेको पाँच दलिय गठबन्धन छ, गठबन्धन र एमाले विभाजन भएको कारणले गर्दाखेरी एमाले प्रतिरक्षमा छ कि ?कमजोर छ कि ? भन्ने आम मानिसको सामान्य अनुमान देख्दछौँ । तर, त्यो मिथ्या अनुमान मात्र हो ।वास्तवमा के देखिन्छ अहिलेसम्म तपाई हामीले के देखिरहेका छौँ भने यतिखेर एमालेको चरण लोकप्रियताको उत्कर्षमा आइपुगेको छ। हाम्रो पार्टी अध्यक्ष कमरेड केपी ओली प्रतिको विश्वासले पार्टी प्रवेशको लहर छ । यो हेर्दै गर्दा हाम्रो पार्टीको आन्तरिक जिवनभित्र नोक्सान कति भयो भन्दैगर्दा केही नेताहरु चोइटिएर गएको र तिनिहरुले जनतामा भ्रम बाँडिरहेको पाइन्छ । वास्तवमा अहिले नेकपा (एमाले) को लोकप्रियतामा कुनै कमी नआएको र कमजोर भएको देखिँदैन । केही नेता विभाजनमा लागेपनि जनता र कार्यकर्ता व्यापकरुपमा एमालेमा देखिनु भएको छ । हामीले बनाएका कमिटीहरु,चलाएका आन्दोलनहरु, हामीले चलाएका अभियानहरुले. देशव्यापीरुपमा जनलहर बढीरहेकै छ । त्यसैलाई जोडेर हेर्दा विराटनगरमा जति जाने गइसके त्यसको १० औ गुणा संख्यामा त हामीसँग जनता कार्यकर्ता भित्रिनु भएको छ । अहिलेको परिस्थितिमा हामी विराटनगरमा सवैभन्दा शक्तिशाली छौँ । यद्यपी गत निर्वाचनमा प्राविधिक, व्यक्तिगत र पार्टी जिवनको व्यवस्थापन गर्न सकेनौँ होला त्यहि कारणले हामीलाई केही नोक्सानी भएको थियो । आज हाम्रो सवै वडामा कमिटीहरु बनेका छन् । वडामा २६ वटासमेत टोल कमिटीहरु बनाएर संगठनात्मक कामहरु गरिरहदा आज एमाले सवैभन्दा बलियो पार्टी विराटनगरमा बनेको छ । हिजो पार्टीभित्रै रहेर अन्तरघात गर्नेहरु बाहिरिएका छन् । अहिले त हामी झन मजवुत, एक ढिक्का र एकतावद्ध छौँ । एमालेको संगठनात्मक बेग र गतिलाई अब अरु पार्टीले रोक्न सक्दैनन् । एमालेले आफ्नो बर्चश्व यो चुनावमा कायम गर्छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top