×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

चार जना सचिवालय सदस्य विस्तार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भाँडभैलो मच्चिएको छ । चार नेतालाई रास्वपाले सचिवालय सदस्यमा मनोनित गर्दा छुटेकी डा तोसिमा कार्कीले असन्तुष्टि जनाएकी छन् ।

Advertisement
Advertisement

भर्चुअल रूपमा शनिबार बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको हो । चारै जनालाई कार्यबाहक सभापति डिपी अर्यालले मनोनित गरेका हुन् ।

आमन्त्रित सचिवालय सदस्यको रूपमा रहेका उनीहरू चारै जनालाई सचिवालय सदस्यमा ल्याइएको हो । रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको हो । यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए । अब भने १४ जनाको सचिवालय बनेको छ । आवश्यकता अनुसार, सभापतिले अन्य सदस्यहरू पनि सचिवालयमा थप्नसक्ने रास्वपाका नेताले बताएका छन् ।

जबकी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनेलाई सचिवालयमा मनोनित गर्ने मापदण्डभित्र तोसिमा पनि पर्थिन् । तर, पार्टी संस्थापनको मान्यता विपरीत धारणा राखेकै कारण सूचीमा नाम भएर पनि उनको नाम काटिएको रास्वपाकै केही सदस्यले बताएका छन् ।

पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको र यसको स्वीकार्यता कायम राख्न जेनजी आन्दोलनले उठाएका मान्यता तथा त्यस आन्दोलनसँग सम्बन्धित व्यक्तिलाई पार्टीमा आकर्षित गर्नुपर्ने धारणा तोसिमाले बैठकमा राखेकी थिइन् ।

उनको प्रस्तावअनुसार वर्तमान सरकारका ऊर्जा तथा जलस्रोत एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसहितका व्यक्तिलाई पार्टीमा आउने वातावरण बनाउनुपर्ने विषयलाई पार्टी संस्थापनले अस्वीकार गर्दा कार्की सचिवालय सदस्य हुनबाट वञ्चित भएकी हुन् ।

यसअघि कार्कीको जस्तै धारणा राख्दै आएकी सुमना श्रेष्ठले पार्टी छोडेर काठमाडौं महानगरका मेयर बालेन साह समूहसँग निकट भएकी छन् । पार्टीका कतिपय नेता श्रेष्ठ जसरी नै वहिर्गमित हुने तयारीमा रहेको र कार्कीले पनि त्यही तयारी गरेको रास्वपाका एक नेताले बताए ।

यद्यपि कार्कीले उक्तको प्रतिवाद गर्दै आएकी छन् । कुलमान नेतृत्वमा प्रस्तावित उज्यालो नेपाल पार्टीमा रास्वपाका थुप्रै नेता, कार्यकर्ता आबद्ध हुने अनुमान उक्त पार्टीको संस्थापनले गरेको छ ।

पार्टी रवि लामिछानेकै नेतृत्वमा र उनको अनुपस्थितिमा डीपी अर्यालकै कार्यवाहक नेतृत्वमा अगाडि बढाउनुपर्ने संस्थापनको मान्यता विपरीत कार्कीले मूल नेतृत्वका रूपमा स्थापित गर्ने गरी घिसिङको प्रस्ताव ल्याएको बैठकमा सहभागी नेताले जानकारी दिए ।

सचिवालय विस्तारपछि असन्तुष्टि जनाएकी तोसिमाले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको बताएकी छन् । पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको गुनासो उनले सामाजिक सञ्जालबाट गरेकी छन् ।

उनले भनेकी छन्, ‘महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।’

पार्टीको कार्यशैली सच्याएर थप लोकतान्त्रिक हुन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीका गतिविधिहरूमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्नेमा जोड दिइन् । उनले विस्तारित बैठकमा पार्टी संगठनको वृहत् सहभागिता र भोटिङ राइट्स सुनिश्चित गरिनुपर्ने बताइन् ।

भोटिङ राइट्स नदिने भए देशभरिबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको औचित्य नभएको उनको भनाई छ । यसबीच रास्वपाको विस्तारित बैठक सर्ने भएको छ ।

रास्वपाले यही कात्तिक १४ र १५ गते काठमाडौंमा बस्ने तय भएको विस्तारित बैठक सार्ने भएको हो । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको तयारीका लागि समय नपुगेका कारण सार्न लागिएको हो ।

यसअघि विस्तारित बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र पार्टी विभागका पदाधिकारी तथा जिल्ला सभापतिलाई सहभागी गराउने तय भएको थियो । अब त्यसमा निर्वाचन क्षेत्रका संयोजकहरू र अधिवेशन भइसकेका पालिकाका सभापतिहरूलाई पनि समेट्ने गरी रास्वपाले तयारी गर्ने भएको छ ।

’त्यसरी तयारी गर्दा बैठकमा पाँच सय जनाभन्दा बढीको सहभागिता हुनेछ,’ महामन्त्री बुर्लाकोटीले भने । विस्तारित बैठकको मुलतः महाधिवेशनबारे छलफल गर्न बोलाइएको थियो । रास्वपा फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने तयारीमा थियो ।

तर फागुन २१ गते चुनाव हुनेगरी मिति घोषणा भएकाले महाधिवेशन सार्ने विषयमा विस्तारित बैठकले छलफल गर्नेछ । बैठकले महाधिवेशन अगाडि सार्ने कि पछाडि धकेल्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

’एजेन्डा चाहिँ महाधिवेशन नै हो। सँगसँगै पार्टी निर्माण, अहिलेको परिस्थितिबारे छलफल हुन्छ,’ महामन्त्री बुर्लाकोटीले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top