×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा घरमा डलर भेटिएको भन्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि सम्पत्ति शुद्धीकरण विभागको अनुशनधानको घेरामा रहेका निवर्तमान उर्जामन्त्री दीपक खड्का देश छाडेर भागेको दाबी गरिएकोछ ।

Advertisement
Advertisement

स्वयम गृहमन्त्री ओमप्रकाश अर्यालले नै निवर्तमान ऊर्जामन्त्री दीपक खड्का भागिसकेको बताएका हुन् । नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तरवार्तामा मन्त्री अर्यालले सरकारले ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरू गरेपछि यसअघिका ऊर्जामन्त्री भागेको बताएका हुन्।

उनले खड्काको नाम भने लिएका छैनन्। ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’

भदौ २३ र २४ को जेनजी आन्दोलनताका कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्री थिए। आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठमा रहेको खड्काको घर पनि जलाइदिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काकै जोडबलमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कुलमान घिसिङलाई कार्यकाल सकिन केही महिना बाँकी छँदा हटाइएको थियो।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनै घिसिङ ऊर्जामन्त्री बनेका छन्। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि घिसिङले सम्हालेका छन्।

खड्काको निवासभित्र एक हजार र पाँच सयको नोटसँगै विदेशी मुद्रा असंख्य रहेको भन्दै हालिएका फोटा र भिडियो सामाजिक सञ्जालमा छरपस्ट छ । त्यसको आधिकारिक पुष्टि नभइसकेको अनुसन्धानमा संलग्न सरकारी अधिकारीहरुले बताएका छन् ।

यसबीच उनी स्थलमार्ग हुँदै भारत प्रवेश गरेर नयाँ दिल्लीबाट अमेरिका गएको चर्चा चलेसङ्गै गृह मन्त्रालय र प्रहरीले सोधखोज थालेको बुझिएको छ । झण्डै तीन सातादेखि उनी र श्रीमती नातेदार परिवारका अन्य सदस्यसँग समेत मोबाइल स्विच अफ गरी सम्पर्कमा छैनन् ।

केहीलाई चाहिँ ससुरा बिरामी भएर भारत गएको भनिएको छ तर उतै उतै अमेरिका पुगेको सम्मका अपुष्ट खबहरु बाहिरिदै आएका छन् । गृहमन्त्री अर्यालले भ्रष्टाचारका लागि छुट्टै आयोग वा कुनै संयन्त्र बनाउने भन्दा राज्यका संयन्त्रहरुबाटै काम भइरहेको बताएका छन् ।

‘पहिला भइरहेका राज्यका संयन्त्रबाट काम गर्ने हो। भइरहेका संयन्त्रहरू जब प्रभावकारी देखिँदैनन्, त्यो बिन्दुबाट अर्को संयन्त्र सुरु हुन्छ। त्यो हामीले नजिकबाट हेरेका छौं।’ नेताहरुको भागाभाग चलेको दाबी गर्ने क्रममा गृहमन्त्रीले उनीहरुलाई रोक्ने उपाय खोजिएको पनि उल्लेख गरेका छन्।

‘उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ। प्रारम्भिक अवस्थामा अनुसन्धान गर्न केही अफ्ठ्यारो छैन। खासगरी सम्पत्ति शुद्धीकरणले सम्पत्तिको विस्तृत विवरण हेर्ने हो,’ उनले भनेका छन् ‘त्यो विवरण हेरेपछि बयानका क्रममा उहाँहरूलाई ल्याउनुपर्ने हुन्छ, हाजिर गराउनुपर्ने हुन्छ। अनि मुद्दा पेश गर्दा उहाँहरूलाई पक्राउ गरेर सँगसँगै लैजाने कुरा हुन्छ।’

जेनजी आन्दोलनमा आक्रमणमा परेका काग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु पनि उपचारका लागि सिंगापुर जाने खबर बाहिरिरहेका बेला गृहमन्त्रीको यस्तो टिप्पणी आएको हो । देउवादम्पतिको घरमा पनि पैसा जलेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान भइरहेको छ ।

गृहमन्त्री अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आक्रोश व्यक्त गरे। ओलीको ‘आपराधिक लापरबाही’ (क्रिमिनल नेग्लीजेन्स) ले भदौ २४ को वितण्डा निम्तिएको अर्यालको आरोप छ।

निवर्तमान प्रधानमन्त्री केपी ओली लगायतले सरकार चुनाव नगराउने उद्देश्यसहित धरपकडको प्रयासमा रहेको आरोप लगाइरहनुभएको छ । सरकारले यस्तै गरिरहेको हो ?’ हो भन्ने प्रश्नमा गृहमन्त्री अर्याल भन्छन् ‘उहाँमा सैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र खोज्नुहुन्छ। उहाँको विगत पनि त्यस्तै छ। आजसम्म पनि उहाँ सुध्रिनुभएको छैन।’

कुशासनको विरोधमा उर्लेको जनसागर र विद्रोहले ओलीलाई अपदस्त गरेको उनले बताए। ’जेन–जी पुस्ताले हटाएको हो। त्यो पनि उहाँले बोध गर्नुभएन। उल्टो आन्दोलनकारीलाई आतंककारीजस्तो व्यवहार गर्ने उहाँको दिमाग सैतानी छ।

त्यो प्रवृत्तिविरुद्ध सरकारले निगरानी गरिरहन्छ। जसको दिमागमै सैतानको वास छ, उसले आफूबाहेक सबैलाई बेठिक भन्छ। उहाँ अवस्था भड्काउन मात्र लाग्नुभएको सबैले बुझिसकेका छन्।’

उनले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा गृहमन्त्री अर्यालले छुट्टै आयोग बनाउनेभन्दा पनि राज्यका विद्यमान संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउने रणनीति सरकारले अपनाएको स्पष्ट पारेका छन्।

“पहिला भइरहेका राज्यका संयन्त्रहरूबाटै काम गर्ने हो। जब ती प्रभावकारी देखिँदैनन्, त्यतिबेला नयाँ संयन्त्रको खाँचो पर्छ,” उनले भने। गृहमन्त्री अर्यालको पछिल्लो अभिव्यक्तिले देशको राजनीति, प्रशासन र सुरक्षा प्रणालीमा उच्च तहसम्म छानबिन र कडाइको संकेत दिएको छ।

नेताहरूको सम्पत्ति छानबिन र भागाभाग नियन्त्रणको विषयमा सरकार कति कडा रूपमा प्रस्तुत हुन्छ भन्ने विषयमा अबको दिनमा थप चासो बढ्ने देखिन्छ। उता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारलाई लगातार खबरदारी गर्दै आएका छन् ।

जेनजी आन्दोलनको छानविनका लागि गठित जाँचबुझ आयोगले उपत्यका छाड्नु अघि अनुमति लिनु पर्ने गरी स्थानबन्दमा राखेपनि ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका हुन् ।

उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए । शनिबार मात्रै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनाव गराउने रे ! झापा मेरो घर जलाइयो, जान नपाउने । साँगा कटेर जान नपाउने रे !’ उनले प्रश्न गरे, ‘म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ, त्यतिबेर जान्छु । के कानुनले समाउँछ, के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ । जथाभावी गर्ने ? मनपरी गर्ने ?,’ उनले आक्रोश पोखे ।

दलका नेताहरूलाई मौखिक आदेशले रोकेर चुनाव गर्ने भन्दै उनले सरकारी कदमको आलोचना गरे । ‘मौखिक आदेशले जे पनि गर्छ ? हदबन्दी गर्ने । दलहरूलाई चुनावमा जान नदिने । अनि फागुन २१ मा चुनाव गर्ने वाह ?,’ उनले प्रश्न गरे ।

उनले आफूहरू जेलभित्र बसेर देशमै संघर्ष गरेर आएको हो उल्लेख गर्दै भने, ‘हामी कमजोर हुतिहारा होइनौं ।’ ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी पनि गरेका छन् ।

यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको बताए । उनले भने, ‘यो असंवैधानिक सरकार हो, कुन संविधान अनुसार बनेको छ रु अनि आवश्यकताको सिद्धान्तको कुरा गर्ने। जनप्रतिनिधिहरूको सर्वोच्च संस्था विघटन गर्ने अधिकार कसले दियो ? क्रान्ति रे, कहाँ भयो क्रान्ति ? प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ। हिंसा अराजकतामा धकेलेको छ।’

उनले अहिले सिङ्गो देश त्रसित मनस्थितिमा रहेको बताए । उनले थपे, ‘यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेका छैनन् । एक प्रतिशत भनेको तीन लाख हो । यो आम जनतालाई सहभागी भएर बनाएको होइन । जनताको घरमा आगो लगाएर बनाइएको हो।

उनले देशलाई संवैधानिक रिक्तता हुनबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको दोहोर्याए । यसअघिदेखि नै उनले हाहाहुहुबाट बनेको सरकार र जाँचबुझ आयोगलाई आफूले नमान्ने बताउँदै आएका छन् भने गृहमन्त्रीले यो क्रान्तिपछि बनेको सरकार भन्दै बकबक गर्नेहरुलाई नछाड्ने चेतावनी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top