×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

पाकिस्तान र अफगानिस्तान एक साताको छोटो अवधिमै पुनः दोस्रो पटक युद्धविरामका लागि सहमत भएका छन् । केही दिनसम्म चलेको घातक सीमापार झडपपछि दुई देश फेरि तत्काल युद्धविराम गर्न सहमत भएका हुन् ।

Advertisement
Advertisement

कतारको विदेश मन्त्रालयले आइतबार यो सहमति भएको घोषणा गरेको हो । यो घोषणा यसअघिको युद्धविरामपछि पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० जना मारिएपश्चात् गरिएको छ ।

कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “वार्ताका क्रममा दुई पक्ष तत्काल युद्धविराम र दुई देशबीच स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न सहमत भएका छन् ।”

तनाव कम गर्न दुवै पक्षका अधिकारीबीच शनिबार दोहामा भेटवार्ता भएको थियो । काबुलले यसअघि इस्लामाबादमाथि ४८ घण्टे युद्धविराम भंग गरेको आरोप लगाएको थियो ।

उक्त अवधिमा दुवै पक्षका दर्जनौँ सैनिक र नागरिकको ज्यान लिने गरी भएको करिब एक हप्ताको लडाइँलाई छोटो समयका निम्ति रोकिएको थियो । पाकिस्तानका सुरक्षा अधिकारीले अफगान सीमा क्षेत्रमा गरिएको पछिल्लो हमला पाकिस्तानी तालिबानसँग जोडिएको एउटा उग्रवादी समूहलक्षित रहेको बताए ।

यो आक्रमण पाकिस्तानी अर्धसैनिक बलमाथि गरिएको हमलाको प्रतिक्रिया रहेको उनीहरूको भनाइ छ । तालिबानका अनुसार, दोहामा पाकिस्तानको प्रतिनिधिमण्डलमा रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल आसिम मुनीर संलग्न थिए ।

अफगान पक्षको नेतृत्व रक्षामन्त्री मोहम्मद याकूबले गरेका थिए । दुई देशबीच अक्टोबर ११ मा सीमामा हिंसा भड्किएको थियो । तालिबानका विदेशमन्त्री अमिर मुत्ताकीले भारतको दुर्लभ भ्रमण गरेको केही दिनपछि नै काबुलमा विस्फोट भएका थिए ।

त्यसलगत्तै तालिबान लडाकुले पाकिस्तानसँगको दक्षिणी सिमानामा हमला सुरु गरेका थिए । त्यसपछि पाकिस्तानले जवाफी कारबाही गरेको थियो । यसबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो देश अफगानिस्तानसँगको सम्बन्ध विगतको जस्तो समधुर हुन नसक्ने बताएका छन् ।

उनले तालिबान नेतृत्व ‘भारतको काखमा बसिरहेको’ आरोप लगाउँदै सीमापार आतंकवादको लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । रक्षा मन्त्रीको यो भनाइले कुनै समय तालिबानलाई सहयोग गरेको पाकिस्तानको अडान सार्वजनिक रूपमा कठोर बन्दै गएको सङ्केत गरेको भारतको टाइम्स आफ इन्डियाले जनाएको छ ।

रक्षा मन्त्री ख्वाजा आसिफले विगत पाँच वर्षमा पाकिस्तानले गरेको प्रयास र बलिदानको बावजुद काबुलले सकारात्मक प्रतिक्रिया नदिएको बताए । उनले भने, “पाकिस्तानले अफगान पक्षलाई ८३६ वटा विरोध नोट र थप १३ वटा औपचारिक विरोधपत्र जारी गरेको थियो ।”

रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तानले अब आतंकवादी कार्यहरूको अझ कडा जवाफ दिने चेतावनी दिए । “अब उप्रान्त विरोध नोट वा शान्तिका लागि अपील हुनेछैन; कुनै प्रतिनिधिमण्डल काबुल जाने छैन । जहाँबाट आतंकवादको स्रोत उत्पन्न हुन्छ, त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ,” उनले भनेका छन् ।

उनले अफगानिस्तान भारतको छद्म–समूह बनेको र नयाँ दिल्ली तथा प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग मिलेर पाकिस्तान विरुद्ध काम गरिरहेको आरोप पनि लगाए ।

यता पाकिस्तानी सेनाका फिल्ड मार्सल र प्रमुख असिम मुनीरले भारतलाई आकारका आधारमा सुरक्षित भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन् । शनिबार उनले भारतविरुद्ध उत्तेजक बयान जारी गर्दै भने, ‘पाकिस्तानसँग जहाँ पनि प्रहार गर्न सक्ने हतियार छ।’ सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो आकारका कारण (यस क्षेत्रमा) सुरक्षित छ भन्ने भारतको गलत धारणा चाँडै नै हट्नेछ।’

मुनीरले आणविक हतियारयुक्त वातावरणमा युद्धको कुनै ठाउँ नभएको स्पष्ट पारे । यदि दुई देशबीच युद्ध भयो भने पाकिस्तानी सेनाको प्रतिक्रिया भारतले सोच्नेभन्दा बाहिर हुने धम्की उनले दिए ।

मुनीरले भने, ‘अपरेशन बुनयान–उम–मर्सुजको समयमा पाकिस्तानी सेनाले आफ्नो क्षमता प्रदर्शन ग¥यो र आफ्नो भन्दा धेरै गुणा ठूलो शत्रु सेनालाई पराजित ग¥यो।’ उनले भने, ‘अल्लाहको सहयोग र जनताको समर्थनमा पाकिस्तानले आफ्नो सिमानाको रक्षामा ठूलो सफलता हासिल गरेको छ।’ मुनीरले पाकिस्तानको एक इन्च जमिन पनि शत्रुलाई नदिने वाचा गरे ।

उनले अफगानिस्तान र इरानसँग सीमा जोडिएका राज्यमा भारतले आतंक फैलाइरहेको आरोप लगाए । उनले भने, ‘जसरी हामीले अघिल्लो पटक भारतलाई पराजित गरेका थियौं, त्यसरी नै भारतको सहयोगमा सञ्चालित आतंकवादी समूहहरूलाई पनि कुल्चनेछौं।’

सेना प्रमुख मुनीरले पाकिस्तानी वायुसेनाले भारतको राफेललाई खसालेको दाबी गरे । उनका अनुसार धेरै बेसहरू र एस–४०० मिसाइल प्रणालीमा पनि ठूलो क्षति पु¥याएको दाबी छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top