×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

नेपाली टोली यूएईमा, अनिलको पुनरागमन

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन् ।

विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले टोलीमा पुनरागमन गरेका हुन् । यी दुई खेलाडी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलेको टोलीमा थिएनन् ।

आलम दुबईमै टेस्ट टोली वेस्ट इन्डिजसँग भएको टी–२० आई सिरिज हुँदा टोलीमा थिए । तर, अनिलले लामो समयपछि टोलीमा पुनरागमन गरेका हुन् । अनिलले अन्तिमपल्ट गत जुन १७ मा ग्लास्गोमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० आई खेल खेलेका थिए ।

त्यसयता उनी चोटका कारण टोली बाहिर थिए । विश्वकप छनोट खेल्नुअघि वेस्ट इन्डिजसँगको खेलका लागि क्याम्पमा स्थान बनाए पनि अन्तिम टोलीमा अटाउन सकेका थिएनन् ।

पछिल्लो समय उनले लगातार खराब प्रदर्शन गर्दै आएका थिए । ग्लासगोमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको भएको सिरिजका तीन खेलमा उनले मात्रै ६ रन जोडेका थिए ।

यता युवा खेलाडी भीम सार्कीले टोलीमा स्थान बनाउदा आदिल अन्सारीलाई भने टीममा राखिएको छैन । अब यही कात्तिक ९ देखि १९ गतेसम्म लिग–२ अन्तर्गत नेपालले यूएई र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो ।

पहिलो खेल कात्तिक ९ गते नेपालले अमेरिकासँग खेल्दै शृङ्खला शुरु गर्नेछ । तीन वटै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् । आठ टोली सम्मिलित लिग–२ मा २० खेलमा २८ अङ्कसहित अमेरिका दोस्रो, १६ खेलमा १२ अङ्कसहित नेपाल सातौं र छ अङ्कसहित यूएई पुछारमा छ ।

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको नेपाली क्रिकेट टोली ओमनबाट यूएई पुगिसकेको छ । त्यसअघि नेपालले यूएईमा वेस्ट इन्डिज खेलेको ऐतिहासिक टी–२० शृङ्खला जितेको थियो ।

छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपालले ३० अक्टोबरमा यूएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिकासँग दोस्रो खेल खेल्नेछ ।

५ नोभेम्बरमा यूएईसँग अन्तिम खेल खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ । ५० ओभरको फम्र्याटमा खेलिने आईसीसी सीडब्लुसी लिग २ को मुख्य उद्येश्य एसोसिएट राष्ट्रहरुलाई नियमित एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट खेल्ने अवसर प्रदान गर्नु हो ।

यस्तै यस लिगलाई सन २०२७ मा हुने एकदिवसीय विश्वकप क्वालिफिकेसन प्रक्रियाको एक महत्वपुर्ण हिस्सा मानिएको छ, जसले विश्वकपमा पुग्ने बाटो तय गर्छ । हाल लिग डिभिजन २ मा नेपालसहित स्कटल्याण्ड, नामिबिया, ओमान, यूएई, अमेरिका र पपुवा न्युगिनी जस्ता टोलीहरु रहेका छन् ।

यो प्रतियोगिता नेपालका लागि आफ्नो ओडीआई मान्यता कायम राख्दै विश्वकप छनोटतर्फ अघि बढ्न महत्वपूर्ण अवसर हुनेछ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top