अमेरिकी सेना काठमाडौँमा

अमेरिकी सेना काठमाडौँमा

१९ चैत्र, विराटनगर ।
भोलिदेखि हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आएको छ ।

शुक्रबार बेलुका ६ः१० बजे अमेरिकी सेना को एयर फोर्स, फ्लाईट नम्‍बर PAVER ७१  बाट २० जना अमेरिकी सेना नेपाल आएका हुन् । भोलिदेखि बैशाख १३ गतेसम्‍म नेपाल सेना र अमेरिकी सेनाको छाउनी र नगरकोटमा व्यालेन्स मेल नामक संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले  जानकारी दिए ।

संयुक्त अभ्यासका लागि २० अमेरिकी सेना र ९० जना नेपाली सेना हुने प्रवक्ता सिलवालले बताए । अमेरिकी अभ्यासका लागि चाहिने उपकरणसहित आएका छन् । उनीहरूले ल्याएको उपकरण परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा रेकर्ड राखिएको हुन्छ ।

नेपाली र अमेरिकी सेनाले सन् २००३ देखि संयुक्त अभ्यास गर्दै आएका छन् । यो ३९ औँ अभ्यास हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.