९० किलोमिटर लामो सोलु करिडोर प्रसारण लाइन उद्घाटन

९० किलोमिटर लामो सोलु करिडोर प्रसारण लाइन उद्घाटन

१९ चैत्र, विराटनगर ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो ।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.