एजेन्सी, भदौ १
भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको पार्थिव शरिर श्रद्धान्जलीका लागि भारतीय जनता पार्टी(भाजपा) मुख्यालयमा राखिएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । उनको दिउ्रँसो शव याता निकाली अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ ।
शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने सञ्चार माध्यामहरुले जनाएका छन् । उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।