Nepal Times
Nepal Times
3
Shares

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ, पहिलो ओभरमै १४ रन

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ, पहिलो ओभरमै १४ रन

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा गुमाएको हो। रोहित पौडेल सस्तैमा आउट भए ।

स्कोर बढाउने क्रममा कुशल भुर्तेल आउट भएका छन् । उनी पाँचौ ओभरको चौथो बलमा क्याच आउट भए । उनको विकेट काबुवा मोराले लिए । उनले २१ बलमा २५ रन बनाए । पौडेल २ रन बनाएर आउट भए नेपालले ६ ओभरमा ४४ रन बनाएको छ ।

पपुवा न्युगिनीका कप्तानले टस जितेपछि नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका थिए ।  अहिले आसिफ शेख र दिपेन्द्रसिंह ऐरी क्रिजमा छन् ।

खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी फर्किएका छन् ।

नेपालले शृंखलाको लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पीएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ । खेलको पहिलो ओभरमै नेपालले १४ रन बनाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.