Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की

२२ चैत्र, विराटनगर

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीनाजंग कार्की नियुक्त भएकी छिन् ।

प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्षमा कार्कीसहित सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग कार्की र सदस्य सचिवमा ओखलढुंगाका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उपाध्यक्षमा नियुक्त जीना नेपाल टाईम्समा आवद्ध छिन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिएका छन् ।

यसअघि प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको थियो । सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरुलाई हटाएको हो ।

सोमबारको मन्त्रीपरिषद बैठकले मेयाङ्बो र बस्नेतलाई पदमुक्त गरेको हो । उनीहरुलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरु नियुक्त गरेका थिए । प्रदेश खेलकुद ऐन अनुसार बोर्ड पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.