Nepal Times
Nepal Times
3
Shares

देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना

देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना

२७ चैत, काठमाडौँ । देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलकाअनुसार आज वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश–१ का केही ठाउँमा बेलुकीपख पानी पर्ने अनुमान छ । यी क्षेत्रमा बेलुकीपख हल्का वर्षासँगै मेघगर्जन र चट्याङ्गसमेत पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

प्रि–मनसुनको समयमा पानी पर्नु र मेघगर्जनसहित चट्याङ्ग पर्नुमा स्थानीय वायुको भूमिका धेरै हुन्छ । प्रि–मनसुनमा कुनै एक ठाउँमा पानी पर्ने र सँगै जोडिएको अर्को ठाउँमा पानी नपर्ने हुन्छ ।

अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायु दुवैको प्रभाव परेको छ । यसकै कारण वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश–१ का केही ठाउँमा बेलुकीपख हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.