Nepal Times
Nepal Times
3
Shares

पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थाले

पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थाले

२७ चैत, काठमाडौँ । आउँदो स्थानीय तहको चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् ।

मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ ।

नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।

मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसपालिको पालिका चुनावमा ९५ हजार मतपेटिका प्रयोग हुने अनुमान छ । त्यसमध्ये २५ हजार खरिद गरिँदैछ । बाँकी मतपेटिका आयोगसँग मौज्दात छ ।

निर्वाचन आयोगले चुनाव हुनु एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी गएको फागुन अन्तिम हप्ता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।

मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिदको सम्झौता गरेको थियो ।

त्यसमध्ये झन्डै १५ प्रकारका सामग्री आयोगले प्राप्त गरेको प्रवक्ता पौडेलले बताए । यी सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी छ ।

आयोगले जिल्लामा खटिएका निर्वाचन अधिकृत, अधिकृत र अधिकारीलाई आवश्यक तालिम दिने पनि तयारी गरेको छ ।

आउँदो ३० गते विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा र वैशाख २ गते जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा तालिम दिने तयारी छ । तालिम चुनावको व्यवस्थापन र तयारीमा केन्द्रित हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

पालिका चुनाव आउन अब ३३ तीन मात्रै बाँकी छ । हिजोदेखि चुनावको आचारसंहिता समेत लागू भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.