Nepal Times
Nepal Times
3
Shares

मोरङको जहदामा रक्सीले मातेका व्यक्तिले गरे श्रीमतीको हत्या

मोरङको जहदामा रक्सीले मातेका व्यक्तिले गरे श्रीमतीको हत्या

विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

२९ चैतमा रक्सी खाएर घर गएका साेरेनले श्रीमतीलाई निर्घाट कुटपिट गरी घाइते बनाएका थिए ।

गम्भीर अवस्थामा विराटनगरस्थित काेसी अस्पताल पुर्‍याइएकी पानाेकाे गएराति ११ बजेतिर मृत्यु भएकाे हाे । हत्यामा संलग्न साेरेन फरार छन् । उनकाे खोजी तीव्र पारिएकाे डिएसपी श्रेष्ठले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.