माधव नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा बढी भाग खोज्दा चुनावी तालमेल असहजः प्रचण्ड

१ बैशाख ७९, शुक्रबार

काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव कुमार नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा धेरै दावी गरेपछि सत्ता गठबन्धनबीचको तालमेल असहज बनेको बताउनु भएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच सवैतिर तालमेलको प्रयाश भए पनि माधव र उपेन्द्रले हैसियत भन्दा बढी दावा गरेर असहज बनाएको प्रचण्डले बताउनु भउको हो ।

उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको आज बिहान खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले कुरा मिलाउन अप्ठ्यारो भएको प्रचण्डले बताउनु भयो । ‘माधव र उपेन्द्रले हैसियत भन्दा बढता दावी गरेर गठबन्धनलाई असहज बनाउने काम गरे,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने ।

माधवकै कारण तालमेल जटिल बन्दै गएको प्रचण्डको भनाई थियो । ‘तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ, गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ,’ प्रचण्डको भनाई उधृत गर्दै अर्का सदस्यले भने । बैठकमा प्रचण्डले उहाँले कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने रणनीतिसमेत अघि सार्नुभएको छ ।

‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो, जति हुन्छ लिने, नभए गठबन्धनकै अरुसँग मिलेर प्रतिष्पर्धा गर्ने हो,’ प्रचण्डको भनाई थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top