कक्षा ११ को परीक्षा जेठ तेस्रो साता गराउन बोर्डको निर्देशन

३ बैशाख ७९, आइतबार

काठमाडौं, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो साता गर्न निर्देशन दिएको छ ।

Advertisement

१२ को वार्षिक परीक्षा नजुध्ने गरी ११ को परीक्षा गर्न बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको हो ।

‘कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी २०७९ सालको जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने/गराउने व्यवस्था गर्न सबै विद्यालयलाई जानकारी गराइन्छ,’ बोर्डको सूचनामा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top