आज पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

४ बैशाख ७९, सोमबार

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

Advertisement

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मंगलबार पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।

Advertisement

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top