यस्ता छन् रक्तदानका आश्चर्यजनक फाईदा

१ भदौ ७५, शनिबार

भदौ १ : प्राय मानिसमा रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। रक्तदानले शरीरलाई बेफाईदा भने गर्दैन महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छ । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।

रक्तदानका फाईदाहरु यस्ता छन्

नयाँ रक्तकोशिका बन्छ : शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ। नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

Advertisement

मुटुका लागि फाइदाजनक: रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ। रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ।

क्यान्सर हुने खतरा कम हुन्छ: क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ। नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ। किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ।

Advertisement

क्यालोरी खपत हुन्छ:एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ। यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ। यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन।

निःशुल्क चिकित्सा जाँच: शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन। यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ। रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top