Nepal Times
Nepal Times
3
Shares

बाल यौन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

बाल यौन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

विराटनगर, ६ वैशाख । १५ वर्षीया किशोरीलाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

उक्त आरोपमा प्रहरीले उदयपुरस्थित उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय युवकलाई ‌ओखलढुंगा प्रहरीले पक्राउ गरेको हो । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.