बाल यौन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

५ बैशाख ७९, मंगलबार

विराटनगर, ६ वैशाख । १५ वर्षीया किशोरीलाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

Advertisement

उक्त आरोपमा प्रहरीले उदयपुरस्थित उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय युवकलाई ‌ओखलढुंगा प्रहरीले पक्राउ गरेको हो । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top