पोखराको मेयरको टिकट पाएपछि सांसद थापाले दिए राजीनामा

११ बैशाख ७९, सोमबार

काठमाडौं, ११ वैशाख । गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

पोखरा महानगरपालिकाको मेयरको टिकट पाएपछि कास्की २ (क) बाट निर्वाचित सांसद थापाले सोमबार सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा दिएका हुन् ।

सांसद थापाको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिवालय सचिव हरिराज पोखरेलले जानकारी दिए ।

Advertisement

थापाले २०७४ सालको चुनावमा नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top