चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने गुरुराज घिमिरेकाे घाेषणा

१२ बैशाख ७९, मंगलबार

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिने बताएका हुन् ।

Advertisement

उनले स्थानीय चुनावलगत्तै यसबारे निर्णय लिने जानकारी दिँदै देशैभरी उम्मेदवार बनेकाहरूलाई विजयको शुभकामना दिएका छन् ।

‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा  देशभरी उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ’, उनले भनेका छन् ।

Advertisement

घिमिरे नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ काे सभापतिमा उद्धब थापासँग २ मतले हारेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top