विराटनगरमा एमालेकी उपमेयरकी उम्मेद्वार शिल्पाविरुद्ध उजुरी

१२ बैशाख ७९, मंगलबार

१३ वैशाख, विराटनगर ।

नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उमपेयरमा उम्मेद्वारी दिएकी शिल्पा निराला कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुशार अहिलेसम्म कार्कीसहित ४ जनाविरुद्ध उजुरी परेको हो । मनोनयन दर्ताको अन्तिम दिन मंगलबार उम्मेद्वारी दर्ता गराएकी कार्कीविरुद्ध पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका जनता समाजवादीका अमरेन्द्र यादवले उजुरी दर्ता गरेका हुन् ।

Advertisement

यादवले उपमेयरकी उम्मेद्वार कार्कीले विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य भएर सरकारी सेवा सुविधा लिइरहेको भन्दै उनको उम्मेदवारी रद्ध गर्न माग गरेका छन् ।

उजुरीपछि उपमेयरकी उम्मेद्वार कार्कीले भने आफूले मनोनयन अघि नै अस्पताल विकास समितिका अध्यक्षलाई सदस्यबाट राजीनामा बुझाईसकेको बताएकी छिन् ।

Advertisement

उनले आफूले अस्पताल विकास समितिको सदस्य रहँदा अहिलेसम्म कुनैपनि सेवा सुविधा र भत्ता समेत नलिएको बताएकी छिन् । यस्तै आज वडा नम्बर ८ की दलित महिला सदस्य निशा मुखिया वडा नम्बर १३ की गैरी देव र वडा नम्बर ८ मै दलित महिला सदस्यमा उम्मेद्वारी दिएकी अस्मिता सहनीविरुद्ध पनि उजुरी परेको छ ।

निर्वाचन कार्यक्रम अनुशार आज मंगलबार उम्मेद्वारका विषयमा उजुरी आह्वान गरिएको छ भने बुधबार र विहीबार त्यसको जाँच गरी निर्णय निर्णय गर्ने तालिका छ । निर्वाचन आयोगले वैशाख १७ गते भने उम्मेद्वारलाई निर्वाचन चिन्ह दिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top