×

NEPAL TIMES UPDATES

Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026
Playing
ताइवान अब चीनको ? भयो सबैभन्दा ठूलो धोका, ट्रम्पले स्वतन्त्र नमान्ने || Nepal Times
May 17, 2026
Playing
मदनका लागि ओली भावुक, विद्यालाई फेरि देलान् त कुर्सी ? || Nepal Times
May 17, 2026
Playing
उद्योगीलाई थु न्नु भन्दा पहिला सुन्ने हो कि ? || Nepal Times
May 17, 2026
Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026

आजबाट एसियाडको औचारिक सुरुवात हुँदै

२ भाद्र २०७५

काठमाडौं, भदौ २
हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ । एसियाडका खेल इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा हुने छ । इन्डोनेसियाले दोस्रो पटक एसियाडको आयोजना गर्न लागेको हो । यस अघि इन्डोनेसियाले सन् १९६२ मा एसियाडको आयोजना गरेको थियो ।

१९५१ देखि सुरु भएको एसियाडको १९ औं संस्करण चीनले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । चीनले यसअघि २०१० मा पनि आयोजना गरेको थियो । उद्घाटनमा कलाकारहरुले प्रस्तुती दिने बताइएको छ । जसमा ठूलो संख्यामा कलाकारहरुको सहभागिता रहने बताइएको छ ।

Advertisement
Advertisement

नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
नेपालले २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियाडका ४५ देशका खेलाडीले उद्घाटन समारोहमा मार्चपास गर्नेछन् । मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै भारोत्तोलनका कमल अधिकारीले नेपालको झन्डा बोक्नेछन् । २००६ मा श्रीलंकामा भएको १० औं सागमा उनले स्वर्ण जितेका थिए । भारोत्तोलनमा सागमा नेपाललाई स्वर्ण पद दिलाउने उनी एक्लो खेलाडी हुन् ।

नेपालले अहिले सम्म २३ वटा पदक जितेको छ । जसमध्ये एउटा कास्य पदक १९८६ मा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोको रहेको छ । त्यो पदक विधान लामाले दिलाएका थिए । २३ मध्ये अहिले सम्म सबैभन्दा ठूलो पदकका रुपमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् । उनले १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन् ।

Advertisement
Advertisement

नेपाललाई तेक्वान्दोले नै एसियाडमा बढी पदक दिलाउने खेल हो । यद्दपी पछिल्लो दुई संस्करणमा भने तेक्वान्दो खाली हात फर्केको छ । चीनमा २०१० मा र कोरियामा २०१४ मा भएको एसियाडमा नेपालले एक एक कास्य पदकमा चित्त बुझाउनु परेको थियो । चीनमा बक्सिङका दीपक महर्जन र कोरियामा करातेकी बिमला तामाङले पदक जितेका थिए । यसपटक कुन खेलले नेपालको इज्जत राख्ने वा निराश भएर फर्कन पर्ने हो त्यसका लागि अब केहि दिन प्रतिक्षा गर्नुपर्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top