१ जेष्ठ,सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाको ६ वटा मतदान केन्द्रको मतगणना सकिएको निर्वाचन कार्यालय इटहरीले जानकारी दिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २ को शान्ति आधारभूत विद्यालय, शान्तिनगर ‘क’ र ‘ख’ र वडा नम्बर २० को जनसहयोग माध्यमिक विद्यालय, तरहराको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ को मतगणना सकिएको हो ।
अहिलेसम्म इटहरीमा ३५ सय २६ मत गणना सकिएको कार्यालयले जानकारी दिएको छ ।
इटहरीमा अहिले वडा नम्बर १, २, १९ र २० को मतगणना जारी रहेको छ ।
अहिले यी ४ वटा वडाको १० वटा मतदान केन्द्रको मतगणना जारी रहेको कार्यालयले जानकारी दिएको छ ।