Nepal Times
Nepal Times
3
Shares

केशव स्थापित भन्छन बालेनको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो

केशव स्थापित भन्छन बालेनको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो

१ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् ।

नेपाल टाइम्स संग कुरा गर्दै स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने

अवस्था आउने दावी गरेका छन ।

सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् ।

सुरुवाती चरणमा बालेन शाहको पहिलो मत आइरहका बेला स्थापितले भने, म त अहिले एल्लो प्यागोडामा छु, राष्ट्रियसभा गृहतिर केही मानिसहरु हल्ला गर्दैछन् रे, ती बाबुनानीहरुको चुरीफुरी बेलुका ८ बजेसम्म मात्रै हो, त्यसपछि उनीहरु घर जान्छन् त्यसपछि म जान्छु । विजयी उत्सव मनाएर मात्रै फर्किन्छु ।’

अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहले १३०० मतले अग्रता लिएका छन् । उनले मत २८२० रहदा केशव स्थापितको मत १५०७ रहेको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.