३ जेष्ठ ,काठमाण्डौ । काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै लगेको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाएकी छन ।
अहिलेसम्म उनले १० हजार ४ सय ७७ मत पाएकी छन । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत ल्याएका छन ।