३ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।
उनले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन ।
एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत ल्याएका छन ।
यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार २ सय ७१ मत पाएकी छिन ।