Nepal Times
Nepal Times
3
Shares

नेपालका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

नेपालका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ ।

नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए ।तर उनलाई अमेरिकाले भिसा नदिएकोहो।

अमेरिकाको टेक्सास राज्यमा जुन ६ देखि १६ सम्म हुने क्रिकेट विश्वकप लिग टूमा नेपालले अमेरिका र ओमानसँग खेल्ने छ ।

ओमानमा भएको चार देशीय टी–२० सिरिज र टी–२० विश्वकप ग्लोबल क्वालिफायरसहितका प्रतियोगितामा धम्मिकाले नेपाली खेलाडीलाई बलिङको प्रशिक्षण दिएका छन् ।
३८ वर्षीय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल र एक टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.