भारतले घटायो इन्धनको अन्तःशुल्क, नेपालमा कर घटाउन सुझाब

९ जेष्ठ, विराटनगर । भारतको केन्द्र सरकारले इन्धनमा लाग्ने अन्तः शुल्क घटाउने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेर महँगी बढेका बेला शनिबार केन्द्र सरकारले यस्तो निर्णय गरेको हो ।

अन्तः शुल्क घटाउने निर्णयसँगै भारतमा पेट्रोलको ९.५ भारु र डिजल ७ भारु प्रतिलिटर सस्तिएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले ट्वीट गर्दै अत्यावश्यकीय वस्तुको मूल्यमा इन्धनमा भइरहेको निरन्तरको मूल्यवृद्धिले महंगी बढेकाले उक्त निचोडमा पुगेको जानकारी दिएकी छिन् ।

यसका साथै भारत सरकारले उज्वल योजनाअन्तर्गतका लाभग्राहीहरुलाई वर्षमा १२ वटा सिलिण्डर खरिदमा प्रति सिलिण्डर दुई सय भारु सहुलियत दिने भएको छ ।

खाना पकाउने ग्यासमा भइरहेको अचाक्ली मूल्यवृद्धिबाट जोगाउन सहुलियत दिने निर्णय गरिएको बताइएको छ । सीतारमणको घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारलाई सधैं ‘नागरिक पहिले’ हुने बताएका छन् ।

भारतको केन्द्र सरकारले पेट्रोल र डिजलको अन्तः शुल्कमा गरेको कटौतीले बढ्दो महँगीसँग जुध्न सघाउ पुग्ने विश्लेषण गरिएको छ ।

इन्धनको मूल्यको सिधा असर खुद्रा वस्तुमा हुन्छ । इन्धनको अन्तःशुल्क घटाउँदा अत्यावश्यक वस्तुहरुमा भइरहेको चर्को मूल्यवृद्धि नियन्त्रण हुने विश्वास भारतको छ ।

भारतीय अर्थमन्त्री सीतारमणका अनुसार केन्द्र सरकारले इन्धनको अन्तःशुल्क घटाउने निर्णय गरेसँगै सरकारको आम्दानी वार्षिक करिब १० खर्ब भारु (१६ खर्ब रुपैयाँ) ले घट्ने छ ।

२०२०/२१ मा केन्द्र सरकारले पेट्रोल र डिजलबाट ३७ खर्ब भारु (५९ खर्ब रुपैयाँ) अन्तः शुल्क संकलन गरेको थियो ।

जुन २०१९/२० को तुलनामा ८८ प्रतिशतले बढी हो । अन्तः शुल्क कटौतीसँगै केन्द्र सरकारले लगाउने करको दर पेट्रोलमा १९.९ भारु प्रति लिटर र डिजलमा १५.८ भारुमा झरेको छ ।

२०२१ नोभेम्बरमा इन्धनको मूल्य नियन्त्रण गर्न पेट्रोलमा प्रति लिटर ५ भारु र डिजलमा प्रति लिटर १० भारु अन्तः शुल्क घटाइएको थियो । साथै, २५ राज्य र युनियन टेरिटोरिजहरुले इन्धनमा लाग्ने भ्याट कटौती गरेका थिए ।

भारतले इन्धनमा लाग्ने अन्तः शुल्क घटाउने निर्णय गरेसंगै नेपालमा पनि इन्धनमा लगाएको कर घटाउन सरकारलाई उद्योगीहरुले सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले इन्धनमा लगाएको कर घटाउने समय आएको बताएका छन् । नेपाल आयल निगमको घाटा घटाउन मूल्य बढाउनु भन्दा कर घटाउने बेला आएको अध्यक्ष गोल्छाले बताए ।

उनले भने ’आयल निगमले मूल्य नबढाउने हो भने घाटा धान्न सक्दैन। मूल्य धेरै बढाउँदा महँगी बढ्न जान्छ। अब भारतमा झै नेपालमा पनि कर कट्टी गर्ने समय आयो ।’

इन्धनको मूल्य यस्तै गतिमा बढेमा खाद्यान्न अभाव पनि चुलिने गोल्छाले बताएका छन् । भारतमा इन्धनमाथिको कर घटाइएको एक दिन नवित्दै नेपालमा भने एकैपटक इन्धनको मूल्यमाभारी बृद्धि गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top