९ जेष्ठ, काठमाडौँ । काठमाडौँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ५ सय ५९ मतले अगाडि छन् ।
बालेन्द्र साहले अहिलेसम्म ४५ हजार ९ सय ८२ मत ल्याउँदा सिंहले अहिलेसम्म २७ हजार ४ सय २३ मत ल्याएका छन् ।
महानगरमा १ लाख ३४ हजार ८७ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २६ हजार ४ सय ५४ मत पाएका छन् ।