Nepal Times
Nepal Times
3
Shares

मोरङका पालिका प्रमुखहरुको सपथ सम्पन्न

मोरङका पालिका प्रमुखहरुको सपथ सम्पन्न

९ जेष्ठ, विराटनगर । मोरङका १७ वटै पालिका नवनिर्वाचित प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित सपथग्रहण समारोहमा जिल्ला न्यायाधीशबाट १७ वटै पालिकाप्रमुखहरुले सपथ लिएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको सपथग्रहण पश्चात महानगरपालिकाकी उपमेयर , वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

सोमबार मेयर उपमेयर लगायत १९ वटै वडाका जनप्रतिनिधीहरुले सपथ लिएका हुन् ।

मोरङका अन्य स्थानीय तहका प्रमुखहरुले पालिकाका अन्य जनप्रतिनिधिहरुलाई भने सम्बन्धित पालिकामा नै सपथ गराउने कार्यक्रम रहेको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुख लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.