Nepal Times
Nepal Times
3
Shares

भरतपुरमा रोकिएको मतगणना पुन सुरु

भरतपुरमा रोकिएको मतगणना पुन सुरु

९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं। २७ को मतगणनाका क्रममा एकजना एमाले

कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका

एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि

मतगणना सुरु भएको छ ।ती प्रतिनिधिले मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र

प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।एमाले प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं। २६ र २७ को गणना सुरु भएको छ । अव बडा नं। २८ र २९ को मात्रै बाँकी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.