Nepal Times
Nepal Times
3
Shares

शिक्षक सेवा आयोगको निमावि तहको शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगको निमावि तहको शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

९ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुला गरेको छ ।

आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज जेठ ९ गते सोमबार देखि असार ७ गतेसम् अनलाइन दरखास्त दिन

सकिनेछ । दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक

योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्ने ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही नहुने आयोगले जनाएको छ ।

दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेद्वार स्वयं जवाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।

परीक्षा साउन २८ गते बिहान ८ बजे तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.