सरकारले दीर्घकालीन योजना ल्याउन जाँगर नदेखाएको गोकर्ण विष्टको आरोप

१३ जेठ ७९, शनिबार

१४ जेष्ठ,काठमाण्डौ । नेकपा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताएका हुन् ।

‘यो चुनावी सरकार हो । अबको ५÷६ महिनामा अर्को सरकार आइहाल्छ कि भनेर हुनसक्छ,’ उनले भने, ‘त्यहीकारण, सरकारले नीति तथा कार्यक्रममा नयाँ योजना समेट्न सकेको छैन ।’ देशको अर्थतन्त्रले सामाना गरिरहेको संकटको सामना गर्नेगरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ ।

Advertisement

सरकारले जनसंख्याको लाभ देशमै लिनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्थ्यो,’ विष्टले भने, ‘तर, त्यसरी नीति तथा कार्यक्रम सरकारले ल्याएको देखिएन ।’ सरकारले युवाहरूलाई देशमै स्वरोजगार बनाउने र यही राख्नेगरी योजना नल्याएको उनले गुनासो पोखे ।

देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरुमा गइरहेको उनले बताए ।

Advertisement

जसले गर्दा नेपाली श्रम प्रयोग गरेर अरबका मुरुभूमीहरू विकसित भूमिमा परिवर्तन भइरहेका छन् ।

तर, ती युवालाई स्वदेशी आकर्षित गरेर देश विकास गर्ने योजनामा सरकार गम्भिर नबनेको उनले आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top